Tribhuwan International Airport

काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा आज सोमवार विहानै चितुवा पसेर आतंकित बनाएको छ। विमानस्थलभित्र देखिएको चितुवा विमानस्थलभित्रै एकाएक हराएपछि त्यसको तिब्र खोजी भैरहेको बताएतापनि चितुवा पाउन सकिएको छैन्। जसलेगर्दा विमानस्थल वरपर कडा सुरक्षा गरिएको छ।

Chituwa

विमानस्थलमा कार्यरत प्रहरीका अनुसार प्रहरी तथा शिकारीहरु चितुवा खोज्न निक्कै कसरत गरिरहेका छन्। जिल्ला बन कार्यालयका प्रतिनिधि पनि विमानस्थल पुगिसकेका छन्। सुरुमा रन–वे क्षेत्र नजिकैको पानी छिर्ने ड्रेनमै देखिएको चितुवा अहिले कहाँ पुग्यो भन्ने सवैमा अन्योलता छाएको छ।

चितुवा छिरेपछि विमानस्थलको उडान–अवतरण आधा घण्टा प्रभावित भएको थियो। सबा ८ बजे विमानस्थलमा देखिएको चितुवा हराएको क्षेत्रमा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ। विमानस्थलको चार नम्बर गेटबाट चितुवा छिरेको प्रहरीको अनुमान छ। पटक–पटक विमानस्थलमा जंगली जनावर छिर्ने गरेको छ।

चराले पनि विमानस्थलमा अवरोध गर्ने गरेको छ। यस्ता जनावर नियनत्रण गर्न विमानस्थलले शिकारीको ब्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको छैन। यसैका कारण विमानस्थलको ब्यवस्थापनका कारण विमानहरुले जोखिम बेहोर्नुपर्ने अवस्था रहेको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र २१ गते सोमवार ।