Donald Trump 3काठमाडौ। विश्वको बैभबशाली तथा शक्तिशाली राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले शुक्रबार सपथ ग्रहण गरेका छन्। ७१ बर्षिय ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीस जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका छन्।

सपथ ग्रहण कार्यक्रम वासिङ्गटन स्थित अमेरिकी कांग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा भव्य रुपमा भएको छ।दाहिने हात उठाएर, बायाँ हात बाईबालमा राख्दै सपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती तथा नयाँ प्रथम अमेरिकी महिला मेलानिया ट्रम्पको हातमा रहेको बाईबलमा हात राख्दै सपथ लिएका थिए।

Donald Trump 5ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए। निवर्तमान राष्ट्रपति ओबामासँगै गाडीमा सवार हुँदै उनी ह्वाइट हाउसबाट सपथ ग्रहण स्थलमा पुगेका थिए। उनीसँगै उपराष्ट्रपति माइक पेन्सले पनि सपथ लिएका छन्। ट्रम्पभन्दा अघि उनलाई सर्वाेच्च अदालतका न्यायाधीशले सपथ खुवाएका थिए।

ट्रम्पले नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा (डिसी समय ११ :३० बिहान) सपथ लिएका हुन् । ७१ वर्षीय ट्रम्प रोनाल्ड रेगनभन्दा पनि पाका अमेरिकी राष्ट्रपति हुन् । हलिउड अभिनेता रेगन सन् १९८१ मा ७० वर्षको हुँदा राष्ट्रपति भएका थिए।

ट्रम्प गैर राजनीतिक ब्यक्ति हुन । उनी रिअल स्टेट व्यवसायबाट सिधै राष्ट्रपति हुन रिपब्लिकनका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रिपब्लिनबाट चुनिए र डेमोक्रयाटिकका हिलारी क्लिनटनसँगै प्रतिस्पर्धा गरेका थिए । हिलारीले ट्रम्पलेभन्दा करिव २९ लाख पपुलर मत ल्याएको भए पनि ट्रमले इलेक्टोरल कलेजमा उनलाई पछि पारेर राष्ट्रपति चुनिएका हुन् ।

Donald Trump 4ट्रम्पको उदयले विश्व नै आश्चर्यमा परेको थियो । तर, अमेरिकामा कैयन मानिसहरु भने सन १९३० पछि अमेरिकामा उद्योगहरु संचालनमा आए । तर, पछि नेफ्टा (नर्थ अमेरिकन फ्रि ट्रेड एरिया) नीतिले सबै उद्योगहरु मेक्सिकोमा सरे पछि अमेरिकनहरु बेरोजगार बनेका थिए । बेरोजगार बढेर गएको थियो । यस्ता विषयले निकै धेरै समस्याहरु आइरहेको थियो ।

ओबामाले बिल क्लिनटनको नीतिलाई अघि बढाए भने हिलारीले पनि ओबामाकै नीतिलाई अघि बढाउन सक्ने भन्दै इलेक्टोरल कलेज मत ट्रम्पलाई ओइरिएको हो । प्रतिनिधि सभा र सिनेट दुवैमा कन्जरभेटिभको बाहुल्य रहेको छ । यसले गर्दा पनि ट्रम्पलाई आफ्नो नीति लाद्न सहज हुने देखिन्छ ।   तस्बिरहरु : राेयटर्स

प्रकाशन मिति–२०७३ साल माघ ७ गते शुक्रबार ।