काठमाडौं। जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा यतिखेर नेपालमा रहेका छन्। अमेरिकावाट केही दिनअघि हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामा नेपाल आएका हुन्।

मातृभूमि नेपाललाई समृद्ध र सुखी वनाउने हामी नेपाली ग्लोबलको योजनानुरुप हाललाई अध्ययन भ्रमणको रुपमा अमेरिकाको न्यूयोर्कवाट नेपाल आएका लामा कोरोनाको कारण काठमाडौं उपत्यकामा जारी लकडाउनको मारमा परेका छन्। लकडाउन एक हप्ता अघि नै नेपाल आएका लामा नेपाल आएदेखि अत्यन्त व्यस्त बनेका थिए।

काभ्रेपलाञ्चोकको अर्गानिक सावुन उत्पादन देखि भक्तपुरको कृषि फार्मसम्म भिजिट गर्न भ्याएका लामाले हामी नेपाली ग्लोबलको तर्फवाट मातृभूमि नेपाललाई समृद्ध र सुखी वनाउनका लागि कृषि तथा अर्गानिक उत्पादनमा जोड दिएर लगानी गर्ने वताएका छन्। काभ्रेमा अर्गानिक नेपाली सावुन फ्याक्ट्री देखि कृषि फार्म खोल्ने लगभग अन्तिम तयारी भैसकेको लामाले वताएका छन्।

यसैवीच, लामाले नेपाली बाराक ओबामा भनेर चिनिएका विश्व विख्यात नेपाली फोटोग्राफर तथा फ्रेमर च्याङ्बा लामाको काठमाडौं नयाँ बानेश्वर बुद्धनगरस्थित सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरको भिजिट गरेका छन्।

डेढ दशकअगाडि चलचित्र पापी र तालको शुटिङताका च्याङ्बा लामासंग फोटोसुट गरेर चर्चामा आएकका नायक समेत रहेका हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामा च्याङ्बा लामाको चौतर्फी प्रगतिवाट दंग पनि परेका छन्।

मेहनत गर्ने तथा कोशिश गर्ने च्याङ्बा लामा जस्ता नेपालीहरुले नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली वनाउने कुरामा कुनै शंका नभएको प्रतिक्रिया हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष लामाले भिजन संसार डटकमसंगको कुराकानीमा दिएका छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख २२ गते बुधवार ।