Narayanghat Mugling Road 1काठमाडौ। विहानदेखि अवरुद्ध भएको चितवनको नारायणगढ–मुग्लिङ्ग सडक खण्ड शुक्रबार सांझवाट एकतर्फी सञ्चालनमा आएको छ। पहिरोका कारण शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध सडक सवा चार बजेबाट एकतर्फी सन्चलानमा आएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखन्डको कबिलास–४ घुमाउने र चन्डीभङन्जायाङ–९ का विभिन्न स्थानमा ठूलो पहिरो गएको थियो। सडकखन्डको चारकिलो र पाँचकिलो भन्ने ठाउँमा पनि पहिरो खसेको थियो। पहिरो पन्छाउने काम भइरहे पनि पानीसँगै पहिरोसमेत खस्नेक्रम नरोकिएकाले समस्या भएको चितवन प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।