काठमाडौ। पश्चिम नेपालको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा आज सोमवार बिहान भूम्पक गएको छ। भूकम्पको धक्काले ५ सेकेण्ड जमिन हल्लाएको महसुस गरिएको छ।

Myagdi Beni map

आज विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् ।

त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका– ७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस गरिएको बताइएको छ । हिजो आइतवार लमजङमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

लमजुङमा ३.२ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ। दुवै जिल्लाको भूकम्प गत २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पकै पराकम्प बताइएको छ।
प्रकाशन मिति–२०७४ साल असोज ३० गते सोमवार ।