ललितपुर। व्यक्तित्व विकासको पर्याय नै मानिएको उदघोषण कला तालिम संपन्न भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा पिनाकल ट्रेनिङ एकेडेमीले १० दिने उदघोषण कला तालिम संपन्न गरेको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का महिला दिदीबहिनीहरुको समूहका पदाधिकारी तथा सदस्यहरुलाई लक्षित गरेर उदघोषण कला तालिम संचालन गरिएको जानकारी लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

वडा अध्यक्ष श्रेष्ठका अनुसार, स्थानीय महिला समूहका २५ जना महिला दिदीबहिनीहरुको उत्साहपूर्वक सहभागिता रहेको थियो।

कार्यक्रमका विशेष अतिथि तालिम संयोजक तथा वडा नंबर ५ का महिला सदस्य शोभा प्रधान श्रेष्ठले तालिमले सबैमा उल्लेखनीय गुण विकास भएको भन्दै दक्षता बृद्धि गर्न थप विषयवस्तुका साथ तालिमको अवधि बढाउनु पर्ने तर्फ ध्यानाकर्षण गराएकी थिइन्।

कार्यक्रममा वडा सदस्यव्द्य अशोककुमार श्रेष्ठ तथा मञ्जु रिजालले पनि उदघोष कला तालिमाको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए।

उदघोषण कला तालिमको प्रशिक्षण बहुमुखी प्रतिभाका धनी सञ्चारकर्मी सुरजवीर बज्राचार्यले दिएका थिए।
प्रकाशन मिति–२०७७ साल चैत्र ९ गते सोमवार ।