नारायणगढ (चितवन)। नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको चौथो साधरणसभा सम्पन्न भएको छ। बुधवार भरतपुरको होटल ग्लोबलमा नेवाः पत्रकार राष्ट्रिय दबु चितवनको साधरणसभा सम्पन्न भएको हो।

साधरणसभाको बन्द शत्र अगाडिको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबुले सदैव पत्रकारिताको हितको लागि काम गरिरहेको खुलासा गर्दै पत्रकारहरुको हक, हित र अधिकारको लागि अझ लाग्दैजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यस्तै, नेवाःपत्रकार राष्ट्रिय दबुका केन्द्रिय महासचिव सुनिल महर्जनले नेपाली पत्रकारिताको दायारा फराकिलो बनाउन समावेशी सहभागिताको अभियान थाल्नुपर्ने धारणा राखेका थिए । महासचिव महर्जनले राज्यले भाषा संस्कृतिमा प्रहार गरेको बताउँदै पत्रकारितामार्फत निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नेवारहरुको भाषा संस्कृति, र रहनसहन बारे सबैलाई जानकारी दिन पत्रकारितामार्फत उजागर गर्दै अघि बढ्नुपर्ने बताए। यस्तै क्रियाशील महिला पत्रकार मञ्च चितवनका अध्यक्ष प्रमिता ढकालले महिला नेतृत्वलाई कोटाको रुपमा मात्रै नभएर क्षमता र दक्षताको आधरमा मूल्याङ्कन गर्नूपर्ने बताइन्।

कार्यक्रममा नेवा पत्रकार राष्ट्रिय दबुका केन्द्रिय उपाध्यक्ष सन्दीपकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्दिय सदस्य राजु चौधरी ,थारु पत्रकार महासंघका महासचिव सन्त कुमार चौधरी, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्य प्रसाद अधिकारी, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, थारु पत्रकार संघ चितवनका अध्यक्ष सुमित्रा महत्तो, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, नेपाल आदिवासी महासंघ चितवनका सचिव महेन्द्र दुरा, नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान् शाक्य लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको अध्यक्षता नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले गरेका थिए।

प्रकाशन मिति–२०७७ साल चैत्र ११ गते बुधवार ।