काठमाडौं। काठमाडौंको गौरब तथा शान भन्नु नै काष्ठमण्डप हो। काष्ठमण्डप विसं. २०७२ बैशाख १२ को महाभूकम्पवाट ध्वंस्त बनेको यो गौरब तथा शानको पूर्नरनिर्माण पश्चात पूर्ववत् रुपमा आएको छ। पूर्नरनिर्माण संपन्न भएयता सोमवार नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले शानले उदघाटन गरेकी छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डपको परम्परागत ऐतिहासिक चाबी राष्ट्रपति भण्डारीलाई प्रदान गरेपछि सोही चाबीवाट शानले काष्ठमण्डप सार्वजनिक रुपमा खुल्ला गरेर उदघाटन गरेकी हुन्।

उदघाटन पश्चात राष्ट्रपति भण्डारीले काष्ठमण्डप पूर्नरनिर्माण समितिका संयोजक एवम् बागमती प्रदेशका लोकप्रिय सांसद राजेश शाक्यले गरेको गौरबमय काष्ठमण्डप पूर्नरनिर्माण कार्यमा गरेको अतुलनीय योगदानको दिल खोलेर तारिफ गरेकी थिइन्।

काठमाडौं महानगरपालिकाको संपूर्ण खर्चमा निर्माण भएको काष्ठमण्डप पूर्नरनिर्माणमा विदेशी दाताहरुको सुको पनि खर्च नभएको दावी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वताएका छन्।
प्रकाशन मिति–२०७८ साल चैत २१ गते सोमवार ।