मध्यपुर थिमि (भक्तपुर) । शान होस् त मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको जस्तो ! विपक्षीहरुको चौतर्फी घेराबन्दीमा पनि परम्परागत संस्कृतिको कलात्मक शहरको रुपमा मध्यपुर थिमि नगरपालिकालाई विकसित गर्ने र गराउन उल्लेखनीय योगदान दिने मेयर श्रेष्ठको यही योगदानको भव्य कदर भएको छ।

मेयरको पाँच बर्षे कार्यकाल गजबले सम्पन्न गर्दै विदा हुने पूर्वसन्ध्यामा मेयर श्रेष्ठलाई बाजागाजा सहित शानले मध्यपुर थिमि नगरकै दबुली नेपाल नामक संस्थाले भव्य सम्मान गरेको हो। भव्य सम्मान कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले आफ्नो कार्यावधिमा ४५ वटा मन्दिर, ४२ वटा पार्टी पौवा, १७ वटा पोखरी, २७ वटा ढुंगेधारा, ३ वटा दरवार र ५ वटा बौद्ध विहार पुर्ननिर्माण भएको बताए ।

यही कार्यकुशलताको मूल्यांकन गर्दै स्वतन्त्र संचारकर्मीहरुको समूहले गरेको अनुसन्धान तथा अध्ययनवाट देशैभरका मेयरहरुमा टप–थ्रीमा पर्न सफल मेयर श्रेष्ठ गत वर्ष मात्र उनी युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयबाट एसियन टाउनस्केप अवार्डवाट पनि सम्मानित भएका थिए ।


प्रकाशन मिति–२०७८ साल चैत २० गते आइतवार ।