काठमाडौं। काठमाडौंको रत्नपार्क स्थित शान्ति बाटिकामा मुक्तियोग ध्यान प्रतिष्ठानद्वारा विशेष रक्तदान कार्यक्रम गरेको छ। नेपाल स्वयंसेवी रक्तदाताका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिवार विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सहभागी स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र बितरण गरेका थिए।

त्यसैगरी, नेपाल स्वयंसेवी रक्तदाता समाज, बुढानीलकण्ठ नगर समितिद्वारा स्थानीय श्रीगणेश उच्च माध्यमिक बिद्यालय चपली गाउंको प्राङ्गणमा पनि रक्तदान एवं सम्मान कार्यक्रम संपन्न भएको छ।

सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रमा केन्द्रीय रक्त सञ्चार सेवा,नेपाल रेडक्रस सोसाइटीका पूर्व निर्देशक डा.मनिता राजकर्णिकार, बागमती प्रदेश सभासद् एवं श्रीगणेश उच्च माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक भीमसेन खत्री र स्थानीय समाजसेवी भोला लामिछाने लगायतको विशेष आतिथ्यता रहेको थियो।

रक्तदान एवं सम्मान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई प्रमुख अतिथिद्वारा खादा ओढाएर सम्मान–पत्र प्रदानव्दारा सार्वजनिक रूपमा सम्मान जाहेर गरिएको थियोे ।

 

नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता प्राप्तिका लागि बुढानीलकण्ठ नगरपालिका वडा नं। ९ स्थानीय निवासी रमेश प्रसाद पाण्डेले दिएको निवेदनलाई अनुमोदन गर्दै सोही कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आजीवन सदस्यता प्रमाण–पत्र समेत प्रदान गरेका थिए।

सो कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज,बुढानीलकण्ठ नगर समितिका अध्यक्ष मधुसूदन श्रेष्ठले गरेका थिएभने, उद्घोषण अमिसचन्द्र केसीले गरेका थिए।


प्रकाशन मिति–२०७७ साल फागुन २ गते आइतवार ।