काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ। नेपाली कांग्रेस डडेल्धुरामार्फत दाहाल विरुद्ध देउवाको निर्देशनमा उजुरी दर्ता भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

Sher Bahadur Dewba with Prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको १० वर्षे द्वन्द्वकालको क्रममा कांग्रेस थुप्रै निर्दोष कार्यकर्ता मारिएको,राजनीतिक पूर्वाग्रहमा अंगभंग भएका लखेटिएका बेपत्ता पारिएकालगायत भौतिक सम्पत्ति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा माग गरिएको छ।

दाहालको नेतृत्वमा द्वन्द्वकालको फाइदा उठाउँदै जनयुद्ध आचारसंहिताविपरीत जनता र जनताको सेवकको हत्या अपहरणलगायतका अमानवीय कार्य गरेकाले न्यायका लागि आयाेगमा उजुरी दर्ता गराएको कांग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए ।

उनले अक्षम्य अपराधको निष्पक्ष छानविन हुनुपर्ने बताए। उजुरीमा २०६० भदौमा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै देउवा चढेको गाडीमा ज्यान लिने मनसायले गोली प्रहार गरिएको उजुरीमा उल्लेख छ।
प्रकाशन मिति–२०७३ साल असार ३ गते शुक्रबार।