pm-cabinet-meetingकाठमाडौ। नेपालमा संविधान जारी भएको असोज ३ गतेलाई संविधान दिवस मनाउने भएको छ। यस दिवसको अवसर पारेर नेपाल सरकारले ५ सय ३७ कैदीको कैद माफी गर्ने निर्णय गरेको छ। 

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेक हकमा कार्यविधिले तोकेअनुसारको कैद सजाय काटेका कैदीको कैद मिनाहाको निर्णय गरेको हो।

यसअघि गणतन्त्र दिवसमा सरकारले ८ हजार ८ सय ७ कैदीको कैद मिनाहा गरेको थियो। सरकारले असल चालचलन भएको, ६० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई राष्ट्रिय दिवस पारेर कैद मिनाहा गर्दै आएको छ।
प्रकाशन मिति–२०७३ साल असोज २ गते आइतवार ।