Saudi New Princeकाठमाडौ। साउदी राजा सालमनले आफ्ना छोरा मोहम्मद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गरेका छन् । आफ्ना भतिज मोहमद बिन नायफलाई युवराजबाट बर्खास्त गरी राजा सालमानले छोरा मोहमद बिनलाई उत्तराधिकारी बनाएका हुन्।

अब राजा सालमानको मृत्युपछि छोरा मोहम्मद विन सालमान साउदी अरेबियाका राजा बन्न पाउने निश्चित भएको छ। नयाँ युवराजलाई रक्षामन्त्रीको समेत जिम्मेवारी दिइएको छ । भतिजा मोहम्मद विन नायफलाई आन्तरिक मामिला मन्त्रीको पदबाट पनि हटाएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सम्पूर्ण पदबाट हटाइएका पूर्व युवराज मोहम्मद विन नायफले नयाँ युवराजलाई समर्थन गरेको साउदीको समाचार संस्था एसपीएले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल असार ७ गते बुधवार ।