Sample sketching art.
Sample sketching art.

काठमाडौं। तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइएको छ। राजकुमार टुर्की बिन अल कबीरलाई राजधानी रियादको एक अज्ञात स्थलमा मृृत्युदण्ड दिइएको बताइएको छ।

योसँगै साउदी अरबमा यो वर्ष मृत्युदण्ड पाउनेको संख्या १३४ पुगेको छ। पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन न्यायालय समक्ष अपील गरेपछि मुद्दा गम्भीर बनेको थियो।

सोही क्रममा उनलाई मृत्युदण्ड दिने निर्णय गरिएको हो । कडा कानुन भएको साउदीमा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक ३ गते बुधवार ।