काठमाडौ। तेलको मूल्यमा आएको भारी गिरावटको कारण साउदी अरबको राजश्वमा व्यापक असर परेपछि त्यसलाई पूर्ति गर्नको लागि साउदी अरबले भिसासहित अध्यागमन शुल्कमा भारी बृद्धि गरेको छ। बढेको शुल्क आइतवारवाट लागू हुने साउदी अरबको अरबन्यूजले जनाएको छ। जसवाट हजारौ हजारको संख्यामा रहेका नेपालीहरु पनि बढ्दो शुल्कले प्रभावित बन्ने स्पष्ट भएको छ।

saudi-arabiya

नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ। यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसा अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ। एकवर्षका लागि ५ हजार रियाल र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ। साउदी सरकारले एक्जिट एण्ड रि-इन्ट्री भिसा शूल्क पनि तोकेको छ।

दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क तिर्नु पर्ने समाचारमा उल्लेख छ। दुई महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ।

saudi-arabiya-1

अब बढेको शूल्कले उनीहरुलाई थप मारमा पारेको छ। साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीमा अतिरिक्त भार परेको थियो। कुनैपनि नेपालीले साउदीमा स्थायी रुपमा बसाइसराई, नागरिकता, पीआर या ग्रीनकार्ड लगायतका सुविधा र अधिकार पाउँदैनन्।

अब अस्थयी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ। साउदीले अब सामुन्दि्रक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल इक्जीट शुल्क लिनेछ। मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ।
प्रकाशन मिति–२०७३ साल असोज १५ गते शनिवार ।