butwal-town

काठमाडौ। पांच नंबर प्रदेशलाई टुक्राउने गरी सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा एक सातादेखि रुपन्देही जिल्ला बन्द भएकोमा मंगलवार बेलुका देखि खुलेको छ।

एक सातादेखि रुपन्देही जिल्लाका बुटवल, भैरहवा, लुम्विनी लगायतका स्थानमा जनजीवन निक्कै कष्टप्रद बन्दैआएकोमा त्यसलाई मध्यनजर गरेर संघर्ष समितिले बन्द कार्यक्रम फिर्ता गरेको बताइएको छ।

यसैगरी कपिलवस्तु र अर्घाखाँची जिल्लाको बन्द पनि फिर्ता भएको छ। संघर्ष समितिले मंसीर २६ गतेसम्मका लागि बन्द फिर्ता लिएको भनेको छ।

butwal-town-1प्रकाशन मिति–२०७३ साल मंसीर २१ गते मंगलवार ।