काठमाडौं। सामुदायिक सेवा केन्द्र टुँडालदेबी बालुवाटारको तेह्रौं साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको बालुवाटार स्थित टुँडालदेवी मन्दिर परिसरमा रहेको सामुदायिक सवा केन्द्रको साधारणसभा संपन्न भएको हो।

तेह्रौ साधारणसभाले रामप्रसाद न्यौपाने अध्यक्षतामा नयाँ कार्य समितिको चयन पनि गरिएको छ। पूर्व वडाअध्यक्ष अचुत प्रसाद सापकोटाको सभापतित्व तथा जेष्ठ नागरिक समाजसेवी अम्बिका देवी श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा संंपन्न भएको हो।

साधारणसभामा काठमाडौं महानगरपालिका वडा नंबर ४ का सदस्य ध्रुव त्रिपाठी, महानगरीय प्रहरी परिसर कमलपोखरीका प्रहरी प्रमुख रबिन्दनाथ पौडेल लगायतवाट शुभकामना मन्तव्य साथै मिन प्रसाद पौडेलले धन्यवाद मन्तव्य राखेका थिए।

टुँडालदेबी सामुदायिक सेवा केन्द्र को तेह्रौं साधारणसभाबाट अगामी ४ बर्ष कार्य कालको लागि अध्यक्ष राम प्रसाद न्यौपाने,उपाध्यक्ष दिनेश महर्जन, सचिव मिन प्रसाद पौडेल,कोषाध्यक्ष प्रतिमा पौडेल,सदस्यहरूमा कमल स्वाँर,शिव कुमारी खनाल,बिना प्रसाइ,भक्त बहादुर गुरूङ, दुगा गौतम,भैरव सापकोटा,अम्बिका श्रेष्ठ निर्वाचित बनेका छन्।
प्रकाशन मिति–२०७५ साल माघ ६ गते आइतवार ।