काठमाडौं। केही समयदेखि भूकम्पवाट शान्त भएको काठमाडौंमा आज मंगलवार विहान भूकम्पको धक्का महशुश भएको छ।

 

काठमाडौंको थापाथली केन्द्रविन्दू भएको विहान ११ः२६ बजे भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जसको असर काठमाडौं वरपर मज्जाले भएको थियो। ठमेलमा समेत चर्को रुपमा भूकम्पको असर परेको थियो। एकक्षण त काठमाडौंवासी आतिन पनि पुगेका थिए।

धेरैले खासै चाल नपाएको यो भूकम्प ३ दशमलव ३ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। यो भूकम्प पनि विसं.२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको पराकम्प भएको केन्द्रले भनेको छ।
प्रकाशन मिति–२०७५ साल माघ ८ गते मंगलवार ।