काठमाडौं। टेलिभिजन च्यानल तथा इन्टरनेट सेवा प्रदायक कंपनी सुबिसु केबल नेटको बालुवाटारस्थित मुख्यालयमा आगलागी भएको छ। मुख्यालयमा संचित इन्धन भण्डारण गरिएको ट्यांकरमा विद्युत सर्किट सट भएर आगलागी भएपछि मुख्यालय कार्यालय नै खाग भएको हो।

बुधवार दिउंसो १ बजेतिर भएको भीषण आगलागीलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुणयन्त्रको सहायतामा करिब दुई घन्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाइएको छ। आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्रहरीले अनुमान रहेको छ । मानवीय क्षति भने भएको छैन्।

आगो निभाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फोमवाला दमकलसमेत प्र्रयोग गरिएको थियो। आगलागीपछि सुबिसु केवल नेटले दिँदै आएको सेवा अवरुद्ध भएको छ।


प्रकाशन मिति–२०७६ साल साउन २२ गते बुधवार ।