काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाको संक्रमणका कारण नेपालमा लकडाउन भएको पनि आज मिति २०७७ साल बैशाख २० गते शनिवारवाट ४० दिन पुगेको छ। ३९ दिनसम्म पुग्दा धेरैको रोजगारी गुमेको छ। धेरैको व्यवसाय चौपट नै बनेको छ। यस्तो अवस्थामा रोजगारी गुमेका तथा व्यवसाय चौपट हुनेहरुका लागि सरकारवाट राष्ट्रको नाममा कुनै संवोधन भएको छैन्। सरकार विपन्न ज्याला–मजदुरहरुलाई राहत वितरण गर्नमा व्यस्त भएको पाइएको छ।

ज्याला–मजदुरी गर्नेहरुलाई सरकारले वसोवास गरिरहेको संवन्धित स्थानिय निकायको वडा कार्यालय तथा वडाका जनप्रतिनिधि मार्फत राहत वितरण गर्ने कार्य भैरहेको छ। यसमा सरकारप्रति केहीको वाहेक धेरैको कुनै गुनासो छैन्। अव गंभीर समस्यामा पर्न थालेको वर्ग भनेको मध्यम वर्ग नै हो।
विपन्न वर्गलाई सरकारले राहत दिएर उनीहरुको पेट भरिदिएको छ। संपन्नहरु आ–आफ्ना बैंक ब्यालेन्सवाट विभिन्न परिकार बनाएर खानमा मस्त देखिएका छन्। उनीहरुको ती खानेकुरा बढी भएर फेसवुक लगायतका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने कार्य भैरहेको छ।

यता सानोतिनो तथा मध्यम वर्गको रोजगारी गरेर परिवार पाल्ने तथा घर बहालमा दिएर जीवन निर्वाह गर्ने लगायतका मध्यम बर्गलाई भने, लकडाउनको ३९ दिनसम्म आइपुग्दा रुनु न हाँस्नु भएको छ। तल पनि झर्न नसक्ने र माथि पनि उक्लन नसक्ने मध्यम वर्गका लागि सरकारले भोटर कार्ड मार्फत भएपनि यतिखेर राहत दिन आवश्यक छ।

सानो होटल व्यवसाय गर्ने बलराम सत्याल देखि घरवहालमा दिएर जीविका आर्जन गर्ने मञ्जु रानामगर जस्ता लाखौं लाख मध्यम वर्ग लकडाउनको बर्तमान अवस्थामा रुनु न हाँस्नु भएको छ। कतिपय त लकडाउन अवधिभर आम्दानी गुमेको कारण एक छाकमा छाक तार्न वाँध्य बनेका छन्।

अझ लकडाउन यता काठमाडौंको लाजिम्पाटस्थित ओशिश स्पा व्युटी थेरापी सेन्टरको व्यवसाय गर्दैआएकी सिनियर व्युटी थेरापिष्ट सुशिला थापालाई त अझ रुनु न हाँस्नु भएको छ। नेपालमा लकडाउन हुनु एक हप्ता अघि गत चैत ४ गते भैरहवामा पनि ओशिश स्पा व्युटी थेरापी सेन्टरको शाखा विस्तार गरेर दुईजना थेरापिष्टहरुलाई काठमाडौंवाट पठाएकी थिइन्। उनीहरु अझै त्यहाँ अडकिरहेका छन्। लकडाउन पश्चात उनीहरुलाई काठमाडौं ल्याउन सकेको अवस्था छैन्। भैरहवा तथा काठमाडौं दुवै स्थानको व्यापार व्यवसाय ठप्प पारेर बस्नुपर्दा आफूलाई लाखौ लाख घाटा हुन पुगेको सिनियर व्युटी थेरापिष्ट सुशिला थापाको भनाई रहेको छ।

लकडाउनका कारण एकातिर व्यापार व्यवसाय बन्द गरेर बन्दाबन्दी अवस्थामा बस्नुपरेको छ भने, आफ्ना मातहतका व्युटी थेरापिष्ट स्टाफहरुको पनि काम नभएर चुल्हो बाँल्न समस्या परिसकेको तथा भैरहवामा थन्किएका स्टाफहरुलाई काठमाडौंमा ल्याउन नसक्दाको पीडाले विरामी नै पारिसकेको पीडा ओकल्ने कार्य सिनियर व्युटी थेरापिष्ट सुशिला थापावाट भएको छ। अर्कोतर्फ, लकडाउन अघि नै घरधनीलाई तीन महिनाको बहाल अग्रिम तिरिसकेको कारण पनि थप मारमा परेको गुनासो गर्ने सुशिला थापा सवैको आर्थिक अवस्था डामाडोल बनेको अवस्थामा जनतावाट मनग्गे कर उठाएर देशको ढुकुटी भरिरहेको सरकारले यसतर्फ पनि सोच्न अत्यन्त आवश्यक भैसकेको छ भन्छिन्।

मध्यम वर्गको समस्या अझ विकराल भएको र उनीहरुको लागि विशेष व्यवस्था अर्थात विशेष प्याकेज ल्याउन अति आवश्यक सिनियर व्युटी थेरापिष्ट सुशिला थापाको राय रहेको छ।
सरकारलाई यस संवन्धमा सही प्याकेज ल्याएर सही निकास दिन सिनियर व्युटी थेरापिष्ट सुशिला थापादेखि सवैको एउटै आवाज रहेको छ–सरकार मध्यम वर्गलाई पनि राहत देऊ! सक्दैनौ भने, मतदाता परिचय–पत्र अर्थात भोटर कार्डको हिसावले सवैलाई राहत बाँड्ने काम गरियोस्।

लकडाउनका कारण प्रायले बैंकको चर्को व्याज तिर्न नसकेको अवस्था रहेको छ। होटल, पर्यटन व्यवसाय देखि स्कुल–कलेज सवैलाई व्यापक असर पारेको छ। यस्तो अवस्थामा सरकार अभिभावकको भूमिकामा रहेर यो विपदको अवस्थामा जहाँवाट जसरी पनि सवैलाई सजिलो बनाइदिने कार्य गर्न र गराउन आवश्यक छ भनेर पनि सामाजिक अभियन्ता समेत रहेकी सिनियर व्युटी थेरापिष्ट सुशिला थापाले भनेकी छन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।