० लकडाउनको चर्को मार । ० सुशीला थापाको खुशी अभियान ।
–श्याम स्मृत
काठमाडौं। कोरोना महामारीवाट बचाउने नामवाट लकडाउन गरिरहेको सरकारले भोको पेटमा पटुकी बाँधेर चुपचाप बसेका कैयन नेपाली जनतालाई राहत दिने नाममा एक शव्द पनि बोलेको पाइएको छैन्। जुन अत्यन्त विडम्बना हुन पुगेको छ। लकडाउनको विकल्प केवल लकडाउन मात्र भन्न जानेको सरकारले कोरोना महामारीको दोश्रो चरणको लकडाउनको तेश्रो हप्तावितिसक्दा पनि एक गेडा अन्न पनि राहत नदिएको यथार्थता सिनियर व्युटी थेरापिष्ट एवम् खुशी सामाजिक अभियानका अभियन्ता सुशीला थापाले खुलासा गरेकी छन्।

यहाँ रोगले भन्दा भोकले मर्ने भैसकेको छ। कोरोना महामारी रोग त एकातिर छदैछ । त्यही कोरोना महामारीको नाममा जारी लकडाउनमा लकडाउन मात्र गरेर नेपाली जनतालाई मनोरोगी बनाउंदै लगेको छ। त्यो मनोरोगवाट मुक्ति दिने हो भने, सारा नेपाली जनतालाई राहत प्याकेज दिएर मनोदशाको अन्त्य गर्न र गराउन आवश्यक भएको ठहर खुशी सामाजिक अभियानका अभियन्ता सुशीला थापाको रहेको छ। मनोदशा अर्थात मनोरोग हटेमा स्वभाविक रुपमा आत्मबल बृद्धि भएर कोरोना संक्रमण निर्मूल बन्ने जिकिर व्युटी थेरापिष्ट सुशीला थापाको रहेको छ। खुशी दिन सकेमा खुशी पाउने यथार्थतालाई वर्तमान सरकारले बुझ्नुपर्ने तर्क पनि सुशीला थापाको रहेको छ।

गत बर्षको कोरोना महामारीको कारण गरिएको लकडाउनमा कम से कम
विपन्न वर्गलाई सरकारले राहत दिएर उनीहरुको पेट भरिदिएको थियो। यो बर्ष भने त्यति पनि नगरेको देखिएको छ। स्थानीय निकायका जनप्रतिनिधिहरुलाई अघिल्लो बर्षजस्तै यो बर्ष विपन्न वर्गसम्मलाई भएपनि राहत दिने कुनै प्याकेज सरकारले ल्याएको छैन भनेर प्रश्न गर्दा पनि उनीहरु त्यस्तो हालसम्म कुनै व्यवस्था गर्न नसकेको अवस्था भैरहेको भनिरहेको छ। जुन विडम्बना देखिएको छ। अर्कोतर्फ, स्वतःस्फूर्त रुपमा विभिन्न व्यक्ति विशेष तथा सामाजिक संघ–संस्थाहरुले आफ्नै ढंगले राहत वितरण गर्ने कार्य भैरहेको त्यो अत्यन्त सराह्रनीय भएको र त्यसलाई सरकारले अनुकरण गरेर उनीहरुलाई प्रोत्साहित गर्न आवश्यक भएको पनि व्युटी थेरापिष्ट सुशीला थापाको सल्लाह रहेको छ।

त्यस्तै, कोरोनाको महामारीको वर्तमान अवस्थामा कोरोना संक्रमितहरुलाई आत्मबल बढाउने खाले समाचार तथा स्टाट्सहरु फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा पोष्ट गर्नु आवश्यकता भएको कुरामा सुशीला थापाले जोड दिएकी छन्। यतिजना कोरोनाको कारण म¥यो, यतिजना संक्रमित भयो भनेर आंकडा तथा मरेका मानिसहरुको समवेदना तथा श्रद्धाञ्जली फेसबुक लगायतमा पोष्ट गर्दा विरामीहरुको मनोबल घट्ने तथा उनीहरुमा नकारात्मक असर पर्ने भएको कारण त्यसो नगर्न र नगराउन पनि व्युटी थेरापिष्ट सुशीला थापाले अनुरोध पनि गरेकी छन्।

कोरोना महामारीको वर्तमान अवस्थामा कोरोनावाट बच्ने र बचाउने उपायहरुको सन्देश प्रवाह गर्ने र गर्न लगाउने जस्ता कार्य गर्ने तथा कोरोना संक्रमितहरुको मनोबल उच्च वनाउने खालका सन्देश प्रवाह गर्न आवश्यक भएको ठहर पनि व्युटी थेरापिष्ट सुशीला थापाको रहेको छ। यो बेला कोरोना मात्र नेगेटिभ र अरु सवै पोजिटिभ थिङकिङ गर्नुपर्ने तर्क पनि थापाको रहेको छ। खुशी पाउनलाई खुशी दिन सक्नु पर्दछ भन्ने बेग्लै खुशी सामाजिक अभियानमा समेत रहेकी सुशीला थापा भन्छिन्–”सानोतिनो तथा मध्यम वर्गको रोजगारी गरेर परिवार पाल्ने तथा घर बहालमा दिएर जीवन निर्वाह गर्ने लगायतका मध्यम बर्गलाई भने, लकडाउनको तेश्रो हप्ता वितिसक्दासम्म आइपुग्दा रुनु न हाँस्नु भएको छ। तल पनि झर्न नसक्ने र माथि पनि उक्लन नसक्ने मध्यम वर्गका लागि सरकारले भोटर कार्ड मार्फत भएपनि यतिखेर राहत दिन आवश्यक छ।”

सानो होटल व्यवसाय गर्ने सनम सत्याल देखि घरवहालमा दिएर जीविका आर्जन गर्ने सुनिता कायस्थ जस्ता लाखौं लाख मध्यम वर्ग लकडाउनको बर्तमान अवस्थामा रुनु न हाँस्नु भएको छ। कतिपय त लकडाउन अवधिभर आम्दानी गुमेको कारण एक छाकमा छाक तार्न वाँध्य बनेका छन्।

काठमाडौंको लाजिम्पाटस्थित ओशिश स्पा व्युटी थेरापी सेन्टरको व्यवसाय गर्दैआएकी सिनियर व्युटी थेरापिष्ट सुशिला थापाले लकडाउन तथा कोरोना महामारीका कारण सवैलाई रुनु न हाँस्नु भएको भन्न चुकेकी छैनन्। अर्कोतर्फ आफूजस्तै अरुले पनि व्यवसाय ठप्प पारेर बस्नुपर्दा व्यक्तिगत रुपमा सवैलाई लाखौ लाख घाटा हुन पुगेको सिनियर व्युटी थेरापिष्ट सुशिला थापाको भनाई रहेको छ।

लकडाउनका कारण एकातिर व्यापार व्यवसाय बन्द गरेर बन्दाबन्दी अवस्थामा बस्नुपरेको छ भने, आफ्ना मातहतका व्युटी थेरापिष्ट स्टाफहरुको पनि काम नभएर चुल्हो बाँल्न समस्या परिसकेको यथार्थता पनि सुशीला थापाले वताएकी छन्।
कोरोनाको महामारी तथा लकडाउनले ल्याएको यस समस्या संवन्धमा सही प्याकेज ल्याएर सही निकास दिन सिनियर व्युटी थेरापिष्ट सुशिला थापादेखि सवैको एउटै आवाज रहेको छ–सरकार विपन्न वर्गदेखि मध्यम वर्ग सवैलाई राहत देऊ! सक्दैनौ भने, मतदाता परिचय–पत्र अर्थात भोटर कार्डको हिसावले सवैलाई राहत बाँड्ने काम गरियोस्।

लकडाउनका कारण प्रायले बैंकको चर्को व्याज तिर्न नसकेको अवस्था रहेको छ। होटल, पर्यटन व्यवसाय देखि स्कुल–कलेज सवैलाई व्यापक असर पारेको छ। यस्तो अवस्थामा सरकार अभिभावकको भूमिकामा रहेर यो विपदको अवस्थामा जहाँवाट जसरी पनि सवैलाई सजिलो बनाइदिने कार्य गर्न र गराउन आवश्यक छ भनेर पनि सिनियर व्युटी थेरापिष्ट सुशिला थापाले भनेकी छन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल जेठ ८ गते शनिवार ।