Saugaat ICon 1काठमाडौ। सौगात मन्टेश्वरीको आयोजनामा सौगात आइकन २०१७ को आयोजना भएको छ। बुधवार काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा ३ बर्षदेखि ५ बर्षसम्मका बालबालिकाहरुले नेपाली टिपिकल डान्स प्रस्तुत गरेर सवैको वाहवाही लुटेका थिए।

Saugaat ICon 5१८ बालबालिकाको टिपिकल डान्स प्रस्तुत गरेका थिए। कोरियोग्राफर स्वजन रघुबंशी र सहकोरियोग्राफर शर्मिला महर्जनको विशेष कोरियोग्राफीमा कार्यक्रम भएको थियो। पहिरन डिजाइन क्लासिक कल्चर सेन्टर र नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यले डिजाइन गरेका विभिन्न जातजातिका पहिरनमा बालबालिका प्रस्तुत भएका असाधारण प्रतिभा प्रदर्शन गरेका थिए।

Saugaat ICon 6

नेपाल टेलिभिजनका प्रमुख महेश दाहालको प्रमुख आतिथ्य तथा बरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, बरिष्ठ गायिका लोचन भट्टराई र बरिष्ठ मनोचिकित्सक
गंगा पाठक सम्मिलित निर्णायक मण्डलले गरेको अन्तिम निर्णयवाट सौगात आइकन २०१७ पियान्सु मोक्तान बनेका थिए।

Piyanshu Moktan winner of Saugaat ICON 2017
Piyanshu Moktan winner of Saugaat ICON 2017

प्रकाशन मिति–२०७३ साल माघ ६ गते विहीवार ।