Little Champ 5

काठमाडौ। मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा लिट्टल च्याम्प २०१७ भव्य रुपमा संपन्न भएको छ। काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा ४० जना प्रतिभावान बालबालिकाका अन्तरनिहित प्रतिभालाई कलात्मक ढंगवाट प्रस्तुत गर्ने कार्य भयो।

Little Champ 3

काठमाडौ उपत्यका विभिन्न स्कुलमा अध्ययनरत जुनियर तथा सिनियर विद्यार्थीहरु वीचको बेग्ला–बेग्लै प्रतियोगितामा जुनियरवाट यो बर्षको लिट्टल च्याम्प २०१७ अद्धेता राणा बनेकी छन्। सिनियरवाट दिया बस्नेत भएकी छन्। नेपालकी प्रसिद्ध मोडल तथा कोरियोग्राफर कला सुव्वाको कोरियोग्राफीमा भव्य रुपमा संपन्न भएको लिट्टल च्याम्प २०१७ मा विभिन्न प्रतिभाहरुले पनि बेग्लै प्रतिभा प्रदर्शन गरेका थिए।

Little Champ 1

कार्यक्रममा प्रतिभाहरुलाई आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी सीइओ मोहना क्षेत्रीले सम्मान पत्र प्रदान गरेकी थिइन्। आयोजक क्षेत्रीले बालबालिकाको सर्वाङ्गिन विकासमा यसप्रकारको प्रतियोगिताले थप टेवा दिने जिकिर गरेकी छन्। यसले गर्दा पनि आफूले हरेक बर्ष यसप्रकारका कार्यक्रम गर्दैआएको पनि भनेकी छन्।

Little Champ 4प्रकाशन मिति–२०७३ साल माघ ९ गते आइतवार ।