• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
स्थानीय चुनावमा नेपालका शिर्षस्थ नेताहरुको विभिन्न स्थानमा उत्साहजनक मतदान

स्थानीय चुनावमा नेपालका शिर्षस्थ नेताहरुको विभिन्न स्थानमा उत्साहजनक मतदान

14 May 2017
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

स्थानीय चुनावमा नेपालका शिर्षस्थ नेताहरुको विभिन्न स्थानमा उत्साहजनक मतदान

by Shyam Smrit
14 May 2017
in Political
0
स्थानीय चुनावमा नेपालका शिर्षस्थ नेताहरुको विभिन्न स्थानमा उत्साहजनक मतदान
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Local Election in Politicianकाठमाडौ। स्थानीय निर्वाचनको मतदान गर्ने कार्य आज बैशाख ३१ गते नेपालका ३४ जिल्लामा टुटफुट घटनावाहेक शान्तिपूर्ण ढंगले भैरहेको छ। यसैक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लङ्कुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

प्रधानमन्त्री दाहाल यो मतदान केन्द्रबाट मतदान गर्ने पहिलो मतदाता बनेका छन् । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस समर्थनमा दाहाल पुत्री रेणु दाहाल मेयरका उम्मेदवार बनेकी छन्। पूर्व प्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रबाट मतदान गरेका छन् । रेग्मीले आफैं मन्त्रिपरिषद्को अध्यक्ष भएर गराएको २०७० साल मंसिर ४ गतेको निर्वाचनमा पनि यही केन्द्रबाट मतदान गरेका थिए ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गरे। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा.शशांक कोइरालाले काठमाडौं महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा पुगेर मतदान गरेका छन्।

पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मतदान गरेका छन्। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदान गरेका छन् ।

सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र,उद्योगमन्त्री नवीन्द्रराज जोशीले महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगनकुमार थापाले महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मत हालेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन् । मुख्यसचिव डा. सोमलाल सुवेदीले काठमाडौ महानगरपालिका वडा नं १४ कलंकीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मत दिएका छन्।

नेपाली कांग्रेसका काठमाडौं महानगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नं २६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरेकी छन् ।त्यसैगरी नेकपा एमालेका काठमाडौं महानगरका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले लगनटोलबाट मतदान गरेका छन्।

काठमाडौं महानगरपालिकाका लागि साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापा र विवेकशील नेपाली पार्टीकी मेयरकी उम्मेदवार रञ्जु दर्शनाले पनि आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख ३१ गते आइतवार ।

Tags: स्थानीय चुनावमा नेपालका शिर्षस्थ नेताहरुको विभिन्न स्थानमा उत्साहजनक मतदान
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In