काठमाडौं। कोरोना संक्रमणको विषम परिस्थितिमा स्थानीय तहमा नै उपचार गर्न र गराउन नेपालमा सरकारले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पताल सेवा तत्कालै सुरू गर्ने मन्त्रीस्तरिय निर्णय गरेको हो। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि ६४ करोड रुपैयाँ निकासा गरिसकेको वताएका छन्।

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन्। यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल सञ्चालन गर्ने निर्णय स्थानीय तहले नै गर्ने मन्त्रालयले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १३ गते शनिवार ।