काठमाडौं। कोरोना कहरमा फेरि नेपालमा पेट्रोलियम पद्धार्थको मूल्यमा बृद्धि भएको छ। नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाइएको छ।अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य परिवर्तन गरिएको छैन्।

भारतबाट तेलको मूल्य बढेर आएकाले समायोजन गर्नुपरेको दाबी निगमका प्रवक्ता विनितमणि उपाध्यायको छ। यसअघि पनि कोरोना कहरमा नै समायोजनको नाममा दुईपल्ट पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि भैसकेको छ। 
प्रकाशन मिति–२०७७ साल साउन ३२ गते आइतवार ।