काठमाडौं। नेपाली जनतासंग प्रत्यक्ष सरोकार राख्ने र जनताको घरदैलोको सरकार स्थानीय सरकारको निर्वाचन हुने हो या नहुने हो भन्ने अन्यौल अव दूर भएको छ। सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय भएपछि अन्यौल दूर भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चासञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

सरकारले स्थानीय निकायको निर्वाचन बैशाख ३० गते देशभर एकसाथ गर्ने निर्णय गरेयता स्थानीय सरकारमा आसन्न स्थानीय निकायका मेयर, उपमेयर देखि वडा अध्यक्ष तथा वडा सदस्यहरुको दिनगन्ती शुरुभएको छ।

आसन्न स्थानीय निर्वाचनका लागि स्थानीय निकायमा बहालवाला जनप्रतिनिधिहरुले आ–आफ्ना पार्टीका निर्वाचन चिन्हलाई प्रथम चरणमा प्रचार प्रसार गर्न थालेका छन्। धेरैले स्थानीय निकायमा फेरि एकपल्ट दोहोरिन इच्छा व्यक्त गरेका छन्। पार्टी र जनताले पत्याएमा फेरि चुनाव जितेर जनसेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्न थालेका छन्।

प्रकाशन मिति–२०७८ साल माघ २५ गते मंगलवार ।