ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर १४ ताल्छीखेलस्थित स्वच्छ नेपालमा आवद्ध बालबालिकाहरुका लागि राहत सहयोग वितरण गर्ने कार्य भएको छ।

अमेरिकाको क्यालिफोर्निया निवासी पूजा सुव्वा मानन्धरले आफ्नो पिताजीको स्मृतिमा स्वच्छ नेपालका बालबालिकाहरुलाई राहत सहयोग वितरण गर्ने कार्य भएको हो।

समाजसेवी पूजा सुव्वा मानन्धरले अमेरिकावाट पठाएको राहत सहयोग मानन्धरकै भिनाजु र्धािर्मक तथा सामाजिक अभियन्ता एवम् मानवअधिकारकर्मी नारायण लिंखा देवानले स्वच्छ नेपालकी कार्यकारी प्रमुख धन लोहारलाई हस्तान्तरण गरेका थिए।

साथमा सौन्दर्यकर्मी कला गुरुङले त्यसैअवसरमा स्वच्छ नेपालमा आवद्ध बालबालिकाको निःशुल्क हेअर कटिङ गर्ने देखि व्युटीपार्लर तालिम समेत दिने प्रतिवद्धता व्यक्त गरेकी छन्।

 

प्रकाशन मिति–२०७८ साल साउन ८ गते शुक्रवार ।