काठमाडौ। नेपाल जुडो संघका महासचिव तथा लायन्स क्लव अफ काठमाडौ स्वनिगःका फस्ट भाइस प्रेसिडेन्ट धर्म कुमार श्रेष्ठ अव जुडो खेलको इन्टरनेशनल रेफ्री बनेका छन्।

हङकङमा आयोजित एशियन जुडो ओपन हङकङ–२०१७ अन्तर्गत भएको इन्टरनेशनल रेफ्री परीक्षामा उत्तिर्ण बनेका छन्। आइतवार हङकङमा भएको यस प्रतियोगितामा नेपालका धर्म कुमार श्रेष्ठले रेफ्री परीक्षामा देखाएको उत्कृष्ट भूमिकालाई त्यहाँका उच्च पदस्थ परीक्षकहरुले सर्वोत्कृष्ट ठहर गरेका थिए।

परीक्षामा उत्तिर्ण भएलगतै त्यहा श्रेष्ठलाई इन्टरनेशनल जुडो फेडरेसन रेफ्री उत्तिर्णको प्रमाण–पत्र प्रदान गरिएको थियो। अव उप्रान्त नेपालको दोश्रो इन्टरनेशनल जुडो रेफ्रीको रुपमा देश–विदेशका जुडो टुर्नामेन्टहरुमा श्रेष्ठले काम गर्न पाउने भएका छन्। श्रेष्ठ अघि यसप्रकारको इन्टरनेशनल जुडो रेफ्रीको लाइसेन्स पाउने मनोज वहादुर केसी हुन्।

इन्टरनेशनल जुडो रेफ्रीको अत्यन्त गौरबशाली लाइसेन्स होल्डर बनेको लगतै भिजन संसारलाई प्रतिक्रिया दिदै श्रेष्ठले आफ्नो बर्षौको सपना पूरा भएको र आफूमा थप जिम्मेवारी काँधमा आइपुगेको बताएका छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर २४ गते आइतवार ।