ललितपुर। जाउलाखेल स्थित अल्का अस्पतालमा नेपाल स्वयंसेवी रक्तदाता समाज आवद्ध स्वयंसेवी रक्तदाता सदस्यहरुको निःशुल्क चेकअप हुने भएको छ। अल्का अस्पतालले स्वयंसेवी रक्तदाताहरुलाई जनरल चेकअपमा निःशुल्क चेकअप हुने भएको हो।

यस संवन्धमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य र अल्का अस्पतालका अध्यक्ष तिलक बहादुर पुँवर थापा वीच सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। त्यसको अलावा अस्पतालमा उपचारका क्रममा विभिन्न शिर्षकमा लाग्ने खर्चमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गर्न र गराउन दुवै पक्ष वीच सम्झौता पनि भएको छ।

अल्का अस्पतालले नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरुलाई गरिएको यसप्रकारको सेवा तथा सहयोगलाई समाजले अस्पताललाई धन्यवाद ज्ञापन गरेको जनाएको छ।
प्रकाशन मिति–२०७७ साल मंसीर १९ गते शुक्रवार ।