काठमाडौं। हङकङमा भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार भएको छ। हङकङमा रहेका नेपालीहरुले आइतवार व्यापक रुपमा हङकङको मुख्य शहरमा भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार गरेको हो।

हङकङको नेपाली लाखे उपनामवाट ख्याति कमाएका उस्ताद कृष्णभक्त महर्जनले भिजन संसार डटकमलाई दिएको जानकारी अनुसार, हङकङका नेपाली बाणिज्यदूतको आयोजनामा भएको भिजिट नेपाल २०२० को हङकङमा व्यापक प्रचार–प्रसार भएको हो। जसमा नेपालीहरुको व्यापक सहभागिता रहेको थियो।

नेपालीहरुले विभिन्न नेपाली परम्परागत मौलिक भेषभूषाका साथमा खुल्ला बसमा शहर परिक्रमा गरेर भिजिट नेपाल २०२० को प्रचार–प्रसार गर्ने कार्य भएको थियो। खुल्ला बसमा नेपालको मौलिक विशेषता रहेको लाखे नाचका साथमा उस्ताद कृष्णभक्त महर्जनले धिमे बजाएको सवैको आकर्षणको केन्द्र रहेको थियो।

बसमा लाखे नाच हेर्ने हङकङवासीका लागि अनौठो आकर्षण बनेको थियो। त्यसमाथि, भगवान बुद्ध नेपालमा जन्मेको पोस्टर–पम्पलेट लगायतका सामाग्रीको पनि प्रचार–प्रसार गर्ने कार्य भएको जानकारी हङकङ नेवार समाजका अध्यक्ष रचना प्रधानले दिएकी छन्। हङकङमा नेपाललाई चिनाउने व्यापक कार्य भएको छ। जुन अत्यन्त गौरबमय बनेको छ।

प्रकाशन मिति–२०७६ साल पुस २० गते आइतवार ।