काठमाडौं। हरियो अनि हराभरा महिनाको रुपमा मानिएको साउन महिना आज साउन १ गतेबाट शुरु भएको छ। साउनलाई ‘श्रावण’ महिना पनि भनिन्छ। श्रावणको अर्थ हो श्रवण गर्ने अर्थात सुन्ने।

चतुर्मास, जसमा हरिको कथा श्रवण गरिन्छ। तर, चतुर्मासको पहिलो महिना ‘हर’ अर्थात शिवको उपासनाको महिना हो। साउन शिवको प्रिय महिना हो। साउनले शीतलता प्रदान गर्दछ । हर चिज, जसले शीतलता प्रदान गर्दछ, त्यो शिवको प्रिय हो।

भागवत महापुराणमा समुद्र मन्थनको एक कथा छ। देवता र दानव मिलेर समुद्र मन्थन गर्दा विष निस्किन्छ। सारा सृष्टि नै समाप्त पार्नसक्ने विष निस्किएपछि हाहाकार मच्चिन्छ।

त्यसपछि भगवान विष्णुले देवताहरुलाई भोलेनाथसँग पुकार गर भनेर सल्लाह दिए। सारा देवताहरुको पुकार सुनेपछि भगवान शिवले विष सेवन गरेर सवैलाई शान्त पारेको कथन रहेको छ।

भगवान शिवको प्रिय महिना साउन भएको कारण साउनको सोमवार हिन्दू महिला दिदीबहिनीहरुले शिवको आराधना गरे हरियो बस्त्र धारण गरेर ब्रत बस्ने गरिन्छ।

Photo By-Abhiruchi Budhathoki

प्रकाशन मिति–२०७७ साल साउन १ गते विहीवार ।