हेटौँडा। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहानदेखि परेको अविरल वर्षातले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ बिहानदेखि अवरुद्ध भएको छ।

काठमाडौवाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिएको छ। जसवाट यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ।

दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन्।
प्रकाशन मिति–२०७५ साल असार २८ गते विहीवार ।