काठमाडौं। काठमाडौं महानगरको घनाबस्ती विस्तारलाई विस्तार गर्ने हेभी  इक्विप्मेन्ट  अर्थात क्रेन, स्काभाइटर तथा डोजरलाई उचित स्थानमा राख्ने स्थान नै काठमाडौं महानगरमा छैन्। काठमाडौं महानगरमा हेभी  इक्विप्मेन्टलाई व्यवस्थित अनि सुरक्षित रुपमा राख्ने स्थान आवश्यक छ।

महानगरलाई व्युटीफिकेसन गर्ने प्रमुख माध्यम हेभी  इक्विप्मेन्ट  राख्ने उचित स्थान नभएको कुरा सरोकारवालाहरुलाई ज्ञापन पत्र दिने कार्य नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले गरेको छ। सरोकारवाला निकाय काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागलाई यस संवन्धमा ज्ञापन पत्र दिने कार्य भएको जानकारी नेपाली हेभी इक्विप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, सरोकारवाला निकाय काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य  यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेलाई ज्ञापन पत्र दिने कार्य भएको छ। जसमा हेभी  इक्विप्मेन्टलाई यातायात नभइकन, मेशिन उपकरण भनिनु पर्ने, हेभी  इक्विप्मेन्ट चालकलाई ड्राइभर नभनिकन अप्रेटर मात्र भन्नु पर्ने, सडकमा नगुड्ने हेभी मेशिन भएको कारण हेभी  इक्विप्मेन्टमा सडक कर लगाउन नहुने, सडक कर खारेज गर्नुपर्ने र लाइसेन्स सरलीकरण गर्नुपर्ने जस्ता अति महत्वपूर्ण कुराहरु उल्लेख रहेको छ।

दुवै निकायका प्रमुखहरुले हेभी  इक्विप्मेन्ट व्यवसायी महासंघको ज्ञापनलाई जायज मागका रुपमा लिएका छन्। चाँडै नै हेभी  इक्विप्मेन्ट व्यवसायी महासंघको मागलाई सुनुवाइ गर्ने आश्वासन पनि दुवै निकायका प्रमुखहरुले दिएको महासंघका अध्यक्ष श्रेष्ठले बताए।

दुवै निकायमा अध्यक्ष श्रेष्ठको नेतृत्वमा महासंघका महासचिव सुरेश खत्री, सचिव महेश पौडेल, कोषाध्यक्ष सुनिल थापा, बागमती प्रदेश प्रमुख उत्तमराज विष्ट र केन्द्रिय सदस्य महेश कुँवर पुगेका थिए। 

प्रकाशन मिति–२०७८ साल असोज १२ गते मंगलवार ।