काठमाडौं। काठमाडौंको गौरब तथा शान काष्ठमण्डपको पूर्नरनिर्माणमा अहोरात्र खटिरहेका शालिन सौम्य अनि सहयोगी ३ नंबर प्रदेशका सभासद राजेश शाक्यलाई अनौठो आरोप लागेको छ। अझ प्रदेश सभासद शाक्यलाई ५ हजार जरिवाना गरेको पनि लाञ्छना लगाइएको छ।

प्रदेश सभासद शाक्यको काठमाडौं ताहाचल स्थित पसलवाट चिनी प्रतिकेजी रुं ७८ लिएर विक्री गरेको समाचार आज सोमवारको कारोवार दैनिकमा प्रकाशित भएको छ। सरकारले तोकेभन्दा बढी मूल्य लिएको भनेर प्रदेश सभासद शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना गरेको पनि त्यस दैनिकमा उल्लेख रहेको समाचारलाई समयपोष्ट डटकमले पनि हुबहु प्रकाशित गरेपछि सवैले थाहा पाएको हो।

जुन भ्रामक समाचारवाट प्रदेश सभासद शाक्य आफै तीनछक्क परेका छन्। ताहाचलमा आफ्नो कुनैपनि उपभोक्ता सहकारी पसल नभएको र आफूवाट त्यसप्रकारको कार्य नगरेको भिजन संसार डटकमलाई प्रदेश सभासद शाक्यले बताएका छन्। सवैलाई भ्रमित बनाउने कारोवार दैनिकको भ्रामक समाचारले आफ्नो मान मर्दन तथा नाममा बदनाम गरेको प्रदेश सभासद शाक्यले भनेका छन्।

त्यस समाचारको खण्डन कारोवार दैनिकमा पठाइसकेको पनि प्रदेश सभासद शाक्यले बताए। हतारमा समाचार संप्रेषण गर्नुभन्दा पहिला त्यो समाचार सही हो या होइन भनेर बुझेर मात्र समाचार प्रकाशित गरेको भए, अत्यन्त राम्रो हुने सुझाव पनि प्रदेश सभासद शाक्यको रहेको छ।


प्रकाशन मिति–२०७५ साल मंसीर ३ गते सोमवार।