काठमाडौं। यो पुष महिनाको अत्यन्त ठण्डी मौसममा पनि ३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई चिसोले छोएको छैन्। अरु, बांक्लो ज्याकेट र स्वेटर लाएर हिंड्ने गरेतापनि सांसद शाक्य भने, एकसरो कोटमा त्यो पनि पातलो सर्टकै भरमा जनताको काममा अत्यन्त तल्लिनका साथ लाग्ने गरेको पाइएको छ।

काठमाडौंको शान तथा गौरब काष्ठमण्डप पूर्नरनिर्माण कार्य समितिको संयोजक समेत रहेका सांसद शाक्य काष्ठमण्डप पूर्नरनिर्माणको कार्यमा दैनिकजसो व्यस्त बन्नुको अलावा जनप्रतिनिधिको हैसियतले जनताका समस्याको समाधानमा पनि त्यतिकै तल्लिन बन्ने गरेका छन्।

अरुलाई चिसो लागेतापनि सांसद शाक्य भने उही एक सामान्य कोट र सर्ट अनि पाइन्टमा पुसको चिसोमा पनि कम्मर कसेर जनताको काममा दिलोज्यान दिएर लाग्ने गरेका छन्। कामको चटारोले आफूलाई पुस महिनाको ठण्डीले पटक्कै नछोएको प्रतिक्रिया सांसद शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

गरम रगतको कारणले पनि आफूलाई चिसोले हम्मेसी नछुने गरेको बताउने सांसद शाक्य जनताको काम गर्न नपाएमा मात्र आफूलाई ठण्डी लाग्ने बताउंछन्। यो दुई बर्षभित्र जसरी भएपनि काष्ठमण्डपको पूर्नरनिर्माण गरेर देखाउनुको अलावा आफ्नो निर्वाचन क्षेत्रमा विकासको लहर ल्याउने कार्यमा कदापि पछि नपर्ने र त्यसैको लागि अहोरात्र खटिरहेको जानकारी पनि सांसद शाक्यले दिएका छन्।


प्रकाशन मिति–२०७५ साल पुष १५ गते आइतवार ।