अमृत लामाको विश्व जोड्ने महान अभियान

0 minutes, 0 seconds Read

काठमाडौं। नेपाली ज्याँकी च्याङ उपनामले ख्याति कमाएका नेपालका चर्चित अभिनेता अमृत लामा यतिखेर विश्वभरका नेपालीलाई जोड्ने कार्यमा व्यस्त बनेका छन्। पापी, ताल, झांक्री, रणभूमि लगायतका दर्जनौ नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता अमृत लामा हामी नेपाली ग्लोबल नामक संस्था मार्फत विश्वभरका नेपालीहरुलाई जोड्ने कार्यमा व्यस्त भैरहेका छन्।

अघिल्लो बर्षमात्र अमेरिकाको न्यूर्योकमा अभिनेता लामाको नेतृत्वमा स्थापना भएको हामी नेपाली ग्लोबलको विश्वका चालिस भन्दा बढी मुलुकमा संजाल तयार भैसकेको छ। नेपाल, जर्मनी, बेल्जियम, दक्षिण कोरिया लगायतका मुलुकमा हामी नेपाली ग्लोबलको च्याप्टर नै स्थापना भैसकेको छ। वाँकी मुलुकहरुमा पनि क्रमिक रुपमा च्याप्टर गठन गर्दैजाने भएको छ।

विश्वकै बैभवशाली मुलुक अमेरिकाको न्यूयोर्कवाट विश्वभरका नेपालीहरुलाई जोड्ने अभियान अभिनेता लामाले शुरु गरेका हुन्। अमेरिकाको न्यूयोर्कमा हामी नेपाली ग्लोबलको मुख्यालय रहेको छ। अमेरिकावाटै सवै च्याप्टरहरुमा समन्वय गर्ने तथा चालिस भन्दा विश्वभरका मुलुकका सञ्जालमा संपर्क तथा समन्वय गर्ने कार्यमा अभिनेता लामा नेतृत्वको टीमले गरिरहेको छ।

कुनैपनि जाति, धर्म तथा संस्कृतिभन्दा माथि रहेर कार्य गर्दैआइरहेको हामी नेपाली ग्लोबलको मुख्य स्वार्थ तथा उदेश्य भनेकै विश्वभरका नेपालीहरुलाई जोड्ने हो। विश्वका कुनैपनि कुनामा कसैलाई कही कतै आपत परेमा नेपालीलाई नेपालीले नै सहयोग उपलव्ध गर्नु र गराउनु हो।

यो पवित्र उदेश्य वोकेको हामी नेपाली ग्लोबलको अर्को उदेश्य भनेको मातृभूमि नेपालको विकासमा सहयोग र सेवा उपलव्ध गर्नु–गराउनु हो। हिजोका दिनमा चलचित्रको माध्यमवाट विश्वभरका नेपालीहरुलाई सटिक सन्देश तथा मनोरञ्जन दिने अभिनेता लामा विश्वभरका नेपालीलाई जोड्ेर एक बनाउने कार्यमा कटिबद्ध छन्।

विश्वभरका नेपालीका लागि अहोरात्र कार्य गर्दैआएका विश्वविख्यात नेपाली ज्यांकी च्याङको विश्व जोड्ने अभियानले सवै विश्वभरका नेपालीहरु खुशी छन्। लामाको अभियानलाई समर्थन र सहयोग गर्न विश्वभरका नेपालीहरु हरेक दिनजस्तो बृद्धि भैरहेको छ।


प्रकाशन मिति–२०७६ साल असार २३ गते सोमवार ।

Similar Posts