काठमाडौं। कोरोना भाइरसको त्रासले विश्व बजारमा शेयरको भाउ निरन्तर घट्न थालेपछि शेयरमा लगानी गर्नेहरु सुनमा आकर्षित बन्न थालेका छन्। जसलेगर्दा सुनको भाउले आकाश छुने क्रममा रहेको छ।

सुनले भाउ बिहीबार फेरि बृद्धि भएको छ । नेपाली सुन बजारमा बिहीबार तोलामा २ सयले बढेर तोलाको ८० हजार ७ सय रूपैयाँमा कारोवार भएको छ। बुधबार सुन तोलाको ८० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८० हजार ४ सय पुगेको छ। चाँदी प्रतितोला ८ सय ८० रुपैंयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्दा नेपाली सुन व्यवसायी भने, सुनको कारोबारमा मन्दी आएको भन्छन्। पहिला जस्तो सुनको कारोवारमा खासै गत्ति नलिएको उनीहरुको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन २२ गते विहीवार ।