काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणका कारण नेपालमा लकडाउन जारी रहेको छ। लकडाउनको कारण जनजीवन कठिन तथा असहज बन्दैगैरहेको अवस्थामा त्यसलाई सहजिकरण गर्ने र गराउने कार्यमा सामाजिक अभियन्ताहरुको विशेष पहल पनि देखिएको छ।

यसक्रममा काठमाडौं महानगरपालिका वडा नंबर ४ बालुवाटार स्थित कीर्तनचोकमा बसोवास गर्दैआएकी सामाजिक अभियन्ता नविना खड्काको सामाजिक अभियानले पनि तिब्रता पाएको छ। पेशाले महिला ट्याक्सी चालक तथा मदिरा व्यवसायी रहेकी नविना खड्काले विशेषत यो लकडाउनको अवस्थामा कसैलाई विपद परेमा ट्याक्सी सेवा दिने गरेकी छन्।

आपतकालिन अवस्थामा अस्पताल जानुपर्ने विरामीहरुलाई पहिलो प्राथमिकताका साथ ट्याक्सी सेवा प्रदान गर्दैआएकी छन्। विपदको यो बेला अत्यन्त विपन्न वर्गलाई निःशुल्क सेवा दिदैआएकी नविना खड्काले अति विपन्नहरुलाई सक्दो राहत दिने कार्य पनि गरेकी छन्।

मरेर लानु केही छैन्–बाँचुञ्जेलीका लागि हो भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै तीन बर्षअघिवाट महिला ट्याक्सी चालक बनेकी नविना खड्काले महाभूकम्पदेखि लकडाउनसम्म पनि सक्दो सहयोग र सेवा दिने कार्य गर्दैआएकी छन्।

यदि तपाई काठमाडौंमा हुनुहुन्छ र आपतकालिन अवस्थामा अस्पताल जानुछ भने, नविना खड्काको ट्याक्सी सेवा लिन सक्नु हुन्छ। संपर्क फोन नंबर–9841552858

प्रकाशन मिति–२०७६ साल चैत २८ गते शुक्रवार ।