काठमाडौं। बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेकोछ। हालसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन्। रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता डा.देवकोटाले बताएका छन्।

प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्। जसमध्ये २७ जना निको भएर घर फर्किएका छन् भने ३ जनामा फेरि कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख २६ गते शुक्रवार ।