ललितपुर। नारायण लिंखा देवान पेशाले सञ्चारकर्मी हुन। त्यसको अलावा विभिन्न धार्मिक तथा मानव सेवामा पनि देवानको निक्कै सक्रियता रहेको छ। त्यसमाथि, यो जारी लकडाउनमा विपदमा परेकाहरुलाई विभिन्न माध्यम मार्फत मानव सेवा गर्दैआएका छन्।

गत बैशाख ८ गते ससुरा सन वहादुर पयाङ्गु लिम्बुको स्वर्गवास हुंदा पनि सवै धार्मिक कार्यमा पनि दिलोज्यानले सहयोग गर्ने कार्य देवानवाट भएको छ। त्यसको अलावा ससुरा पूर्व सैनिक सन वहादुर पयाङ्गु लिम्बु स्वर्गवास भएको १३ औं दिनमा ललितपुरको मानवसेवा आश्रम पुगेर त्यहाँ आश्रित बृद्धबृद्धा आमा तथा बाबाहरुलाई आवश्यक पर्ने खाद्य सामाग्री लगायतका सहयोग उपलव्ध गराउने कार्य भएको थियो।

जसवाट त्यहाँ आश्रित आमा तथा बाबाहरुले देवानलाई धर्मात्मा ज्वाई भनेर पनि पुकारेका थिए। उनै धर्मात्मा ज्वाई देवानले दृष्टिविहिन अपाङ्गहरुको अलावा आमाघरमा आश्रित आमाहरुलाई पनि विभिन्न संपर्क माध्यमहरु मार्फत राहत सहयोग उपलव्ध गराउने कार्य भएको छ।

अर्कोतर्फ, देवान किराँत कुलमा जन्मेतापनि कुनै ब्राम्हण भन्दा कम छैनन्। सवै धार्मिक पुस्तक देखि गीता–महाभारत, रामायण लगायतका सवै अध्याय अध्ययन गरेका देवान शुद्ध ब्राम्हण पनि हुन। धार्मिक आचरण तथा र्धािमक कार्यहरुको अनुष्ठान गर्नमा पनि त्यतिकै सक्रिय देवानले भारतको मध्यप्रदेश स्थित झारखण्डको गुरुकुलवाट दीक्षा प्राप्त गरेका थिए।

गुरुकुलमा बसेर गुरुकुलको नियममा बसेर ब्राम्हणले गर्नुपर्ने सवै विधि तथा नियम पालना गरेका देवानले नेपाल फर्केर जनै लाएर नै विभिन्न धार्मिक अनुष्ठान लगायतका कार्यहरुको अगुवाई गर्दैआएका छन्। यसले गर्दा धेरैले देवानलाई ब्राम्हण पण्डित पनि भन्ने गरेका छन्।

यिनै ब्राम्हण पण्डित नारायण लिंखा देवानको जन्मस्थान पूर्वी नेपालको संखुवासभा हो। संखुवासभावाट बसाई सरेर मोरङको विराटनगर बसाई सरेर पुगेका हुन। विराटनगर रहंदा महेन्द्र मोरङ कलेजवाट उच्च शिक्षा हासिल गर्दा त्यो बेला वर्तमान नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सोही कलेजमा अध्ययनरत थिइन्।

देवान भन्दा राष्ट्रपति भण्डारी त्यो बेला एक ब्याचले सिनियर थिइन्। त्यो बेला एउटै कलेजमा अध्ययनरत सहपाठीको हैसियतले राष्ट्रपति भण्डारीसंग हेल्लो–हाई हुने गरेको सम्झना पनि देवानसंग रहेको छ। सहपाठी देशकै राष्ट्रपति भएकोमा देवानले अत्यन्त गौरबता महशुश गरेका छन्।

 त्यसपछि विसं.२०३४ सालमा मोरङ जिल्ला पञ्चायत सदस्यमा निर्वाचित बनेर थुप्रै जनसेवा गरेका देवानको इतिहास रहेको छ। देवानले त्यो इतिहासलाई निरन्तरता दिदै जनसेवा गर्ने कार्य गर्दैआएका छन्। ललितपुरमा मानवअधिकारकर्मीको रुपमा हाल कार्यरत देवान नामी साप्ताहिकको ललितपुर समाचार सम्वाददाता तथा व्यवस्थापक पनि हुन।
प्रकाशन मिति–२०७७ साल बैशाख २६ गते शुक्रवार ।