Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
सुरेश चौधरी लकडाउनको विपदमा ल्यापटप, कम्प्युटर तथा मोवाइल मर्मतमा भगवान बन्न सफल – VisionSansar.com
Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। हातमा सीप र जाँगर हुने कहिल्यैपनि भोकै हुनुपर्दैन। जहाँ गएपनि जता पुगेपनि हातको सीपमा जाँगर चलाउन सकेमा रोजगारीका लागि दशतिर धाउनु पनि पर्दैन। घरैमा बसेर रोजगारी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण नेपालमा जारी लकडाउनमा सीपवान मेकानिष्ट सुरेश चौधरी र चौधरीको परिवार खेमकुमारी चौधरीले प्रमाणित गरिदिएका छन्।
कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण नेपालमा जारी लकडाउनका कारण सवैतिर पसल तथा व्यापार ठप्प बने। कसैको घरमा ल्यापटप, कम्प्युटर तथा मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामाग्री विपदमा विग्रदा घरैमा बसेर बनाउने कार्य गरेर चौधरी परिवार सवैको प्रिय बन्न सफल भएका छन्।
मध्यविन्दु नेपाल नवलपरासीका सुरेश चौधरी तथा खेमकुमारी चौधरी विगत दश वर्षदेखि काठमाडौ स्थित बालुवाटारको टुँडालदेवी रोडमा इलेक्ट्रोनिक्स मर्मतको पसल खोलेर सेवा दिन अहोरात्र तल्लिन छन्। अरु पसल बन्द गरेर लकडाउन गरेको वसेको अवस्थामा सवैको आपत–विपतलाई मध्यनजर गरेर ल्यापटप, कम्प्युटर तथा मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामाग्री मर्मत गरिदिएर कैयनलाई राहत दिने कार्य चौधरी परिवारवाट भएको छ।
लकडाउनमा व्यापक रुपमा मोवाइल तथा कम्प्युटर बढी चल्ने भएको कारण यही सामाग्री नै विग्रने हुने गरेको छ। नभइ नहुने नयाँ शताव्दीका यी सामाग्री मर्मत गरेर सुविधा प्रदान गर्ने चौधरी परिवारलाई यो लकडाउनको कडा विपदको बेला भगवान नै मान्ने गरेका छन्।
सरल स्वभाव र मृदभाषी सुरेश चौधरीले भक्तपुरको सानोठिमीस्थित सीटीभीटीइवाट ल्यापटप, कम्प्युटर तथा मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामाग्री मर्मत गर्ने तालिम लिएर यो व्यवसायमा लागेका हुन। जुन चौधरी परिवारको मूल व्यवसाय नै बन्यो।
श्रीमानलाई सहयोग गर्दागर्दै श्रीमानसंगै ल्यापटप, कम्प्युटर तथा मोवाइल लगायतका इलेक्ट्रोनिक्स सामाग्री टाकटुक वनाउने कार्यमा आफूले पनि हात वटार्न थालेको केही बर्ष भैसकेको सुरेश चौधरीकी जीवन संगीनी खेमकुमारी चौधरीले भनेकी छन्।
दुवै मिलेर यो व्यवसायलाई अग्रता दिने कार्य भैरहेको छ। दुवैको लागि यही अमेरिका र यही नै जापान भएको छ। पौरख गर्न जानेमा स्वदेशमा नै सुन फलाउन सकिन्छ भन्ने चौधरी परिवार ठूलो उदाहरण बनेको छ।