काठमाडौं। नेपालका विश्वप्रसिद्ध अरबपति उद्योगी विनोद चौधरी कोरोनाभाइरस (कोभिड–१९) संक्रमणवाट मुक्त बनेका छन् ।

उद्योगपति चौधरीले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन्। उद्योगपति चौधरीले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त भएको वताएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका उद्योगपति चौधरीलाई भाद्र १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टिलगत्तै उनी चिकित्सक सल्लाहअनुसार आइसोलेसनमा बसेका थिए।
प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।