काठमाडौं। सिन्दूर लाउनु भनेको विवाहिता हुनुको हिन्दू महिलाहरुको प्रतिक हो। सिन्दूरले विवाह भैसकेको भन्ने देखाउंछ। सिन्दूर विवाहिता महिलाहरुले सिउंदोमा लाउने गरेको हुन्छ। सिन्दूर लगाएको महिला देखेपछि उसलाई विवाहको वारेमा प्रश्न गर्न नै आवश्यक छैन्। उनी विवाहित हुन भन्ने कुरा सिन्दूरले नै दर्शाउने गर्दछ। हिन्दू धर्ममा सिन्दूरको निकै नै महत्व हुन्छ।

हिन्दू धर्मको मान्यता अनुसार विवाहित महिलाले सिन्दूर नलगाएमा अशुभ मानिन्छ। सधवा महिला सिउँदोमा सिन्दूर लगाउनु सनातनी हो। पार्वतीको प्रतीकसमेत मानेर लगाइने सिन्दूरलाई पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रूपमा सिन्दूरलाई लिने गरिन्छ।

अर्कोतर्फ, सिन्दूर लाउंदा खुलेआम सवैले देख्ने गरेर लाउनु हुन्न भन्ने धार्मिक विश्वास रहेको छ। यौन संपर्क गर्दा जसरी गोप्य रुपमा गर्ने गरिन्छ। त्यसैगरेर, सिन्दूर लाउंदा पनि कसैले नदेख्ने गरेर लाउनु पर्दछ भन्ने धार्मिक विश्वास रहेको छ। अरुलाई देखाएर सिन्दूर लाउनेहरुले यौन संवन्ध पनि खुल्ला रुपमा गर्ने गरिन्छ भन्ने धारणा रहेको छ। त्यसकारण सिन्दूर गोप्य रुपमा लाउनु पर्दछ भन्ने धार्मिक विश्वास रहेको छ।

अर्कोतर्फ, आफूसंग रहेको आफूलाई राखेको सिन्दूर फलाना साथीको सिन्दूर छैन या आमाजु तथा नन्द माइति आएको बेला सिन्दूर लाउनु भनेर दिनु हुंदैन। सिन्दूर बाँडेर लाउनु भनेको आफ्नो श्रीमान बाँड्नु बराबर हो भन्ने हिन्दू धार्मिक मान्यता पनि रहेको छ। त्यसकारण, हिन्दू महिलाहरुले कहिले पनि सिन्दूर बाँडेर लाउनु हुन्न भन्ने अर्को मान्यता रहेको छ।

सिन्दूरको धार्मिक मान्यताका अतिरिक्त सिन्दूर लाउनुका वैज्ञानिक कारणसमेत रहेको पाइएको छ। सिन्दूर बेसार र पारोको सम्मिश्रणबाट बनाइन्छ। पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ। पारोले मानसिक तनाव पनि कम गर्छ।

सिन्दूरमा पाइने पारोमा रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहना बढाउने तत्व रहेको हुन्छ। पारोले मानसिक तनाव पनि कम गर्छ। सिन्दूर पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा पनि लगाउने गरिन्छ। जहाँ महिलाका शरीरका अनुुभूतिहरू केन्द्रित हुन्छन्। यसैकारण विधवा तथा अविवाहित महिलाले सिन्दूर नलगाउने गरेको भनाइ छ। सिन्दूर लगाउँदा कतिले गलत तरिकाले लगाउने गर्छन् जसले गर्दा श्रीमान श्रीमतीबीचको सम्बन्धमा नकरात्मक असर पर्छ। सिन्दूर लगाउँने पनि केही तरिका छन्।

सिउँदोमा सिन्दूर लगाउँदा सधैँ सिउँदोको बीचमै पर्ने गरी लगाउनु पर्दछ। यदि कुनै महिलाले सिन्दूर लगाउँदा सिउँदोको बीचमा नभई किनारमा पर्ने लगायो भने श्रीमान् बिस्तारै महिलाबाट टाढिन्छन् भन्ने मान्यता रहेको छ। सिन्दूर लगाउँदा सधैँ लामो लगाउनुपर्ने मान्यता रहिआएको छ। लुकाएर लगाइएको छोटो सिन्दूरले श्रीमानलाई असर गर्ने बताइन्छ। भनिन्छ कि यस्तो गरी सिन्दूर लगाउँदा समाज बिस्तारै यस्ता महिलाका श्रीमानदेखि टाढिन थाल्छन्।


प्रकाशन मिति–२०७७ साल भाद्र २१ गते आइतवार ।