https://www.youtube.com/watch?v=vS9DMbl8QE0

काठमाडौं। मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्ण बागश्रेष्ठले नौ पल्ट जिब्रो छेडाएका छन् । बोडे निवासी ४९वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४ पटक, २०७४ देखि २०७६मा ३ पटक तथा २०७८ र २०७९ मा २ पटकगरी नौ पल्ट जिब्रो छेडाएर मध्यपुर थिमिको अलौकिक संस्कृति बचाएका छन्।

मध्यपुर थिमि नगरपालिकाको बोडेको बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुर थिमि–८ बोडेमा अलौकिक जिब्रो छेड्ने जात्रा मनाइने परम्परा अनुरुप यो बर्ष पनि मनाइएको जानकारी जिव्रो छेड्ने जात्रामा देखिएका लोकप्रिय तथा जनप्रिय अनि देशकै टप–थ्री मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

मध्यपुर थिमिको परम्परागत मूर्त तथा अमूर्त कला–संस्कृतिको जगेर्ना गर्ने कार्यमा छलाङ नै मारेका मेयर श्रेष्ठ मध्यपुर थिमि नगरपालिका अन्तर्गतको थिमि, नगदेश तथा बोडेका बिस्काः जात्रामा सहभागिता जनाएर हौसला दिने मात्र कार्य नगरिकन आफैले पनि धिमे तथा भुस्याःबजाएर रौनकता वढाउने कार्य गर्न चुकेनन्।

आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय सरकारको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकामा सूर्य ध्वजावाहक नेकपा एमालेवाट मेयरको उम्मेदवारमा दावी प्रस्तुत गरिसकेका मेयर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकालाई अझ परम्परागत कला तथा संस्कृतिको अलौकिक नगर बनाएर यहाँका नगरवासीहरुलाई सुखी तथा समृद्ध वनाउने अवको एकमात्र भिजन तथा मिसन नै रहेको बताएका छन्।

https://www.youtube.com/watch?v=1QkT7a9M6LI

प्रकाशन मिति–२०७९ साल बैशाख २ गते शुक्रवार ।