काठमाडौ। विश्वको अत्यन्त बैभवशाली मुलुक अमेरिकामा ट्रम्प प्रशासनले परिवार नियोजन सम्वन्धी नयाँ नीति घोषणा गरेको छ । नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ।
परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध गराउनवाट रोक लगाउन सक्नेछ। स्वास्थ्य बीमामा धेरैको पहुँच पुर्याउने उद्देश्यका साथ पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको ’अफोरडेबल केयर एक्ट’ भनिने ऐन अन्तरगत त्यसो गर्नुपर्ने हुन्छ।