काठमाडौ। एशियाली मुलुक जापानले विश्वकप समूह ‘एच’को पहिलो खेलमा कोलम्बियालाई हराएको छ। दश खेलाडीमा सिमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले विश्वकपमा विजयी सुरुवात गरेको हो।

कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसँगै उनले रातो कार्ड पाए र कोलम्बिया खेलको छैठौं मिनेटबाटै १० खेलाडीमा सिमित भएको थियो। कोलम्वियाका मिडफिल्डर कार्लास साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी बनेका छन्। सो कार्ड विश्वकप इतिहासमा दोस्रो छिटो रातो कार्ड पनि हो। उक्त ह्याण्डमा जापानले पेनाल्टी पाएको थियो।

पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए। तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि–किक गोलमा कोलम्बिया खेलमा फर्कियो। पहिलो हाफसम्म १–१ को बराबरी रहेको खेलमा जापानले फेरि दोस्रो हाफमा पनि गोल गर्दै अग्रता बढायो। ७३ औं मिनेटमा काइसुके होन्डाको गोलमा युवा ओसाकोले गोल गर्दै जापानलाई जित दिलाएका हुन्।

एशियाली मुलुक जापानको विजयी शुरुवातवाट गौरबताको विषय भएको नेपालका सामाजिक अभियन्ता डेविड श्रेष्ठले प्रतिक्रिया दिदै खुशी व्यक्त गरेका छन्। अभियन्ता श्रेष्ठले जापानको यो विजयी शुरुवातले नेपाललाई पनि उत्साह बृद्धि गराएको छ। नेपालले पनि चाँडै विश्वकप खेल्नेछ भनेका छन्।

प्रकाशन मिति–२०७५ साल असार ५ गते मंगलवार ।