Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
विकासमानको कोरोनामा जनतालाई सुरक्षित वनाउने नयाँ प्रविधिको विकास – VisionSansar.com
Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ मा वडा कार्यालयवाटै वडाका सवै मुख्य टोलका नाका तथा स्थानलाई निरीक्षण गर्न सकिने भएको छ। वडामा हुने गरेका अपराधिक गतिविधि देखि कोरोनाको कहरमा सुरक्षा प्रणाली अपनाउन नियन्त्रण गर्न मिल्ने गरेर प्रविधिको विकास भएको छ।
त्यस प्रविधिलाई जडान गरेर ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले वडालाई अझ बैभबशाली र सुरक्षित बनाउने कार्यमा अग्रता दिएका छन्। संघर्ष तथा ज्यादै मेहनतले जेलनेल भोगेर जनताको मतवाट जनताकै अपार साथ पाएर वडा अध्यक्षमा तीन वर्षअघि जितेका वडा अध्यक्ष वडालाई कोरोनाको कहरमा सुरक्षित बनाउन आफू अहोरात्र लागिरहेको बताएका छन्।
कोरोनाको कहरका कारण जारी लकडाउनले विपन्न वर्गदेखि मध्यम वर्ग र ज्येष्ठ नागरिकहरुसम्मलाई परेका पीर–मर्काहरुलाई संवोधन गरेर सेवा दिने कार्य भैरहेको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमसंगको भिडियो वार्तामा भनेका छन्। लकडाउनका कारण रोगले भन्दा भोकले जनता मर्ने बेला भैसकेको कारण वडावासीको वडा अध्यक्ष अभिभावक भएको कारण सवैको लगत घरदैलोमा पुगेर संकलन गरेर वडावासीका लागि आवश्यक खाद्यान्न देखि औषधि लगायतका स्वास्थ्य सामाग्री उपलव्ध गराउने कार्यमा आफू कटिबद्ध भएर लागिपरेको वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।
वडावासीका हरेक प्रशासनिक कार्यदेखि व्यावहारिक कार्यसम्म सहज र सरल वनाउन विभिन्न नयाँ बैज्ञानिक प्रविधिहरुलाई प्रयोगमा ल्याउने कार्य गर्दै गरेको तथा आफ्नो वडावाट विदेशमा कामको सिलसिलामा तथा अध्ययनका सिलसिलामा गएका सवैको अपडेट रेकर्ड राखेको र उनीहरु फर्केमा सुरक्षित रुपमा राख्ने व्यवस्था पनि गरिसकेको बताएका छन्।
वडामा कति डाक्टर, नर्स तथा इञ्जिनियर, शिक्षक, पाइलट, पत्रकार लगायतका विभिन्न विधामा कार्यरत व्यक्ति–विशेषहरुको लगत तयार पार्ने कार्य पनि संपन्न भैसकेको बताउंदै उहाँहरुका लागि पनि वडाले दिन सक्ने सहुलियत तथा सेवा अनि उहाँहरुवाट वडाले लिन सक्ने सेवाका संवन्धमा कार्य गर्न आफूलाई सहज भएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ।
प्रस्तुत छ–ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठसंग भिजन संसार डटकमले गरेको भिडियो वार्ता ।