-Sanat Kumar Thapa

फेसबुकको आबिस्कारक मार्क जुकेरबर्ग धन्य रहेछौ तिमी ।
बिश्वको मानचित्रमा कति बिचित्र सबैको सामु उदायौ तिमी ।।

बाटोमा देख्दा सिधा नजरले हेर्न नसक्ने जो कोहीलाई पनि ।
सजिलैसंग साथी बनाउने माध्यम बनाई दियौ धकै नमानी ।।

बिश्वको जुन सुकै भागमा रहेका जो कोही भएता पनि ।
साथी बनाई कुराकानी गर्न सजिलै पायौ हामीले पनि ।।

बिभिन्न कारणले छुट्टिएका बाबु आमा र छोरा छोरीलाई ।
खुशी पार्यौ फेसबुकको माध्यमबाट बर्षौ पछि भेट गराई ।।

बिश्वमा को पो होला यो फेसबुक अकाउण्ट नखोल्ने आज।
फुर्सद भएकी झुम्मिएका हुन्छन प्राय सबै फेसबुकको साथ।।

सबै बर्गलाई भेदभाव विना तिमीले नजिक ल्यायौ तनि।
सबैले मान्दा हुन्छ तिमीलाई अब इश्वरको अबतार भनि।।


प्रकाशन मिति–२०७७ साल जेठ ३० गते शुक्रवार ।