Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121
कोरोनाको कहरमा घरवासी र डेरावासीलाई मायाको नयाँ आयामिक सहयोग – VisionSansar.com
Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। एकातिर कोरोनाभाइरसको चिन्ता, अर्कोतिर राष्ट्रको भू–भाग मिचिएको अवस्था र लकडाउनले गर्दा ब्यापार व्यावसाय ठप्प हुनु अनि व्यापार, व्यवसाय अनि जागिरेको जागिर टुंगो नलाग्दा सर्वसाधारणको जनजीवन अस्त ब्यस्त भैरहेको छ।
कोरोना कहरको लकडाउनमा घरधनी र डेरावालहरुको पनि आ–आफ्नै समस्या रहेको छ। यो अवस्थालाई मध्यनजर गरेर अग्रज सामाजिक अभियन्ता तथा नेपाःराष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैजुको आयोजना तथा सोही पार्टीका सेक्रेटारियट एवम् सामाजिक अभियन्ता खगेश रञ्जितकारको संयोजनमा डेरावालहरुलाई मात्र नभइकन घरधनीहरुको समस्यालाई पनि मध्यनजर गरेर सामाजिक सहयोग गर्ने कार्य भएको छ।
काठमाडौंं महानगरपालिका वडा नंबर २१ स्थित जैसीदेवल परिसरमा आयोजित कार्यक्रममा डेरावाल तथा घरधनी दुवैको समस्यामा सक्दो सामाजिक सहयोग गर्ने कार्य भएको हो। ६४ परिवारलाई सहयोग गर्ने कार्य भएको कार्यक्रम संयोजक रञ्जितकारले भनेका छन्।
डेरावाला र अतिआवस्यक पर्नेलाई मात्र राहत बाडिने ब्यवस्थाले गर्दा घरधनीलाई सौताको सन्तान जस्तो व्यबहार गर्नेहरुलाई सजक बनाउन एउटा नयाँ आयामको उदय भएको जिकिर पनि रञ्जितकारको रहेको छ।
फेरि पनि लकडाउन थपिएको खण्डमा सबै नेपाली जनतालाई काखा–पाखा नगरिकन मायाको सहयोग बाँड्न सरकारलाई पनि अनुरोध गर्ने कार्य पनि रञ्जितकारले गरेका छन्। राष्ट्रलाई संकट परेको वर्तमान अवस्थामा यो पार्टी–त्यो पार्टी नभनी सबैले राष्ट्रिय झण्डा लिई एकजुट भएर अघि बढ्नुको बिकल्प नरहेको आयोजक डा.बिजय सैजुको भनाई रहेको छ।